चितवन । नारायणगढको लायन्सचोकबाट क्षेत्रपुर जाने बाटोतर्फ स्वाद पारखीका लागि स्पेनिस मोडल र विभिन्न परिकार सहित ‘प्याराडाइज बाई लि प्याराइसो’ रेष्टुरेण्ट एण्ड क्याफे सञ्चालनमा आएको छ । करीब ४ बर्षअघि यो क्याफे सञ्चालनमा आएपनि सेवा विस्तार र नयांँ व्यवस्थापन सहित आजबाट सञ्चालनमा ल्याइएको हो । यसअघि दुईजनाको साझेदारीमा क्याफे सञ्चालनमा आएपनि अबदेखि महेन्द्र विक्रम अधिकारीको एकल लगानीमा क्याफे सञ्चालनमा ल्याइएको छ ।
आज नारायणगढमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सञ्चालक अधिकारीले नयांँ व्यवस्थापन र थप गुणस्तरीय सेवा सहित क्याफे सञ्चालनमा ल्याईएको जानकारी दिए । उनका अनुसार क्याफेमा हालसम्म गरी ७५ लाख लगानी भईसकेको छ । बजार क्षेत्रका व्यवसायी तथा कार्यालयका कर्मचारीलाई लक्षित गरी क्याफे सञ्चालनमा ल्याईएको अधिकारीले बताए । 
‘भरतपुर र नारायणगढका व्यवसायी तथा सेवाग्राहीलाई लक्षित गरी यो क्याफे सञ्चालनमा ल्याएका हौं, उनले भने, हामीले सेवालाई विस्तार गर्दै टेकअवे र निःशुल्क होमडेलिभरीको पनि सुविधा दिएका छौं ।’ होटल म्यानेज्मेण्टमा स्नातक गरी चीनबाट इन्टर्नसीप गरी नेपालमै केही गरौ भन्ने उद्धेश्यका साथ क्याफे सञ्चालनमा ल्याईएको उनको भनाई छ । क्याफेमा बिशेष परिकारको रुपमा थकाली खाना, कन्टिनेन्टल, चाइनिज , इन्डियन परिकार पाईनेछ ।
सेवाग्राहीलाई थप मनोरञ्जन दिने उद्धेश्यले हरेक सांँझ लाईभ म्युजिकको व्यवस्था गरिएको छ । ‘हामीले यस क्याफेलाई विभिन्न भागमा वर्गीकरण गरेका छौं उनले भने , पूर्ण पारिवारिक वातावररणको साथै सबै उमेर समुहलाई लक्षित गर्दै खाना तथा कफीका विभिन्न स्वादको सेवा दिएका छौं ।’ एकैपटक ८० जनालाई सम्म सेवा दिनसक्ने यस क्याफेमा ८ जना कर्मचारी रहेको क्याफेका प्रबन्धक प्रतीक घिमिरेले बताए । अन्य रेष्टुरेण्टमा भन्दा फरक खालका परिकार र गुणस्तरीय सेवा दिइएकाले सेवाग्राहीको आकर्षण बढ्दै गएको घिमिरेको भनाई छ ।
कोरोनाको कहरका समयलाई मध्यनजर गरी क्याफेमा मास्क , सेनिटाइजर र सामाजिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गरिएको घिमिरेले बताए । निकट भविष्यमै चितवनका बसपार्कहरुमा टेकअवे सिष्टमको सेवा सहित क्याफे खोल्ने योजना रहेको सञ्चालक अधिकारीको भनाई छ ।
‘चाडैनै हामीले पोखराबसपार्क ,भरतपुर वसपार्कमा यसको शाखा स्वरुप टेकअवे सिष्टम सुविधा सहित क्याफे खोल्दैछौं उनले भने, हाम्रो उद्धेश्य नाफा कमाउने उद्धेश्यमात्र नभई सेवाग्राहीलाई सेवा दिन र रोजगारी सिर्जना गर्नुपनि हो ।’








