काठमाडौँ । काठमाडौँ उपत्यकामा आगामी बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको छ। सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
वैशाख १६ गतेदेखि सार्वजनिक र निजी यातायात पनि बन्द हुनेछ ।








