चितवन । चितवनमा ६ जना तेस्रो लिङ्गीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरिले भरतपुर महानगरपालिका वडा नम्बर ३ भरतपुर ओरालो एरियामा अश्लिल तथा यौन हर्कत देखाई होहल्ला गर्ने ६ जना तेस्रो लिङ्गीलाई पक्राउ गरेको हो ।
रातको समयमा तेश्रो लिंगीहरूले बाटोमा हिँड्ने मानिसहरूलाई सामाजिक मर्यादा विपरीत अश्लिल हर्कत देखाउने गतिविधी गर्ने र होहल्ला गरी समाजमा शान्तिसुरक्षामा असर पुग्ने खालको क्रियाकलाप गर्ने गरेको सूचना आएपछी हिजो राती जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्रव्यवहार कसुरमा थप अनुसन्धान प्रकृया अगाडी बढाईने जिल्ला प्रहरी कार्यलय चितवनका डिएसपी सुर्य थापाले बताए ।








