काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा ७ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको हो ।
तेजावी सुनको मूल्य तोलाको ९० हजार रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








