• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

भरतपुर महानगरलाई स्मार्ट सिटीबाट हटाएको भन्दै मेयर दाहालको गम्भीर आपत्ति

  •   शुक्रबार, बैशाख १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सरकारले भरतपुर महानगरलाई स्मार्ट सिटीबाट हटाएको भन्दै मेयर दाहालले गम्भीर आपत्ति जनाएकी हुन् । सरकारले सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सिटी निर्माण प्रक्रिया अगाडि बढाएको छ । १२ वटा स्मार्ट सिटीको योजना अघि बढाउदा भरतपुरलाई पूर्वग्रीही दृष्टिकोण राखेर हटाइएको भन्दै मेयर दाहालले आपत्ति जनाएकी हुन् ।

    नयाँ स्मार्ट सहर निर्माणका लागि निर्णय गरी बजेट निकासालगायतका काम अगाडि बढाएको हो। भरतपुरलाई स्मार्ट सिटी बनाउने मास्टर प्लान समेत बनिसकेको अवस्थामा भरतपुरलाई मात्रै पूर्वग्रीही दृष्टिकोण राखेर हटाइएको उनको भनाइ छ । ‘३ बर्ष अघि देखिनै देशका १२ वटा सिटीहरूलाई स्मार्ट सिटी बनाउने सोचका साथ ६ महानगर मध्य भरतपुर महानगरपालिका एउटा र अरू बिभिन्न पालिकासहित १२ वटा स्मार्ट सिटीको छनोटमा परि भरतपुरको त स्मार्ट सिटी मास्टर प्लान पनि शहरी बिकास मन्त्रालयले बनाईसकेको सन्दर्भमा एउटै मात्र महानगरलाई पूर्वाग्रही दृष्टिकोण राखेर हटाईयो’, मेयर दाहालले भनिन् ।

    मेयर दाहालले भरतपुरलाई स्मार्ट सिटीबाट किन हटाइयो भन्दै सरकारसँग जवाफ समेत मागेकी छिन् । उनले भनिन् – ‘यो कस्तो पूर्वाग्रह हो? के भरतपुर केन्द्र सरकारकै एउटा अंग हैन? किन बिभेद? के कारणले यसो हुन गयो? स्मार्ट सिटीको ठुलो सम्भावना बोकेको भरतपुरलाई किन अबसरबाट बञ्चित गरियो? यसको उचित जवाफ हामीलाई चाहियो।’ भरतपुरलाई स्मार्ट सिटी बनाउन आफुहरु लागिरहदा केन्द्रले बिभेदकारी व्यवहार गर्नु राम्रो नभएको उनको भनाइ छ ।

    यस्तै उनले भरतपुरलाई स्मार्ट सिटी बनाइछाड्ने प्रतिवद्धता पनि जनाएकी छिन् । ‘धैर्य गरौं एउटा माघले जाडो जादैन पालो हाम्रो पनि आउने नै छ। भरतपुरलाई स्मार्ट सिटी बनाई छाड्ने छौं’, उनले फेसबुकमा लेखेकी छिन् । गएको चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्मार्ट सहर निर्माण र त्यसको नाम ठाउँबारे निर्णय गरेको थियो ।मन्त्रिपरिषद् बैठकले प्रदेश १ को धनकुटा र गौरीगञ्ज, प्रदेश २ को रौतहट जिल्लाको मौलापुर र चन्द्रपुर, बागमती प्रदेशको काभ्रेको काभ्रे भ्याली र भक्तपुरको गुन्डुलाई स्मार्ट सहर निर्माण गर्ने निर्णय गरेको थियो ।

    त्यसैगरी गण्डकी प्रदेशको वालिङ, लुम्बिनीको लुम्बिनी र तुलसीपुर, कर्णालीको दुल्लु तथा सुदूरपश्चिमको भीमदत्त र अमरगढी नामका स्मार्ट सहर निर्माण गर्ने निर्णय गरिएको थियो । बाह्रवटा स्मार्ट सहरमध्ये ११ वटा नयाँ सहर विकास आयोजनाअन्तर्गत तथा भक्तपुरको गुन्डुलाई उपत्यका विकास प्राधिकरणअन्तर्गत स्मार्ट सहर निर्माण गर्न लागिएको हो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.