काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार बनाउन बहुमत नपुगेको बताएका छन्।कांग्रेसले केपी शर्मा ओली सरकारको विकल्प खोज्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको उल्लेख गरेका देउवाले नयाँ सरकार बनाउन बहुमत भने नपुगेको बताए। उनले जसपासँग कुरा भइरहेको पनि बताए ।
‘जसपासँग मेरो कुरा भइरहेको छ सबै कुरा अहिले म कहाँ भन्छुरु, तर अहिलेसम्म बहुमत पुगेको छैन। बहुमत पुगेपछि तपाईंहरूलाई बोलाएरै भनौंला,’ बुढानिलकण्ठमा आज आयोजित पत्रकार सम्मेलनमा देउवाले भने । उनले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउन पनि बहुमत पुगिनसकेको बताए।
अविश्वास प्रस्ताव फेल भयो भने एक वर्ष ल्याउन नपाइने भन्दै उनले त्यसका लागि तयारी राम्रो गर्नुपर्ने बताए।अविश्वास प्रस्ताव र नयाँ सरकारका लागि संख्या पुगेको छैन,’ उनले भने।








