चितवन । एनआरएनए जापान कन्साइले लायन्स क्लब अफ चितवन नवलपु मार्फत कालीगण्डकी बालबिकास केन्द्रको लागि आर्थिक सहयोग गरेको छ । गैंडाकोट नगरपालिका ३ को केलादी स्थिति कालिगण्डकी बालबिकास केन्द्रको भवन निर्माणको लागि रकम रकम हस्तान्तरण गरिएको हो। गैंडाकोटमा बिहीवार आयोजित आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा एनआरएनए आइसिसी सदस्य तुलसी राम खरेलले ५ लाख ८५ हजार ८०५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन।
चेक हस्तान्तरण पछी बोल्दै प्रमुख अतिथि समेत रहेका खरेलले नेपालका अति बिपन्न बर्गका नानी बाबुहरु शिक्षाबाट बन्चित हुन नपरोस भन्ने आफुहरुको उदेश्य रहेको बताए । जापानमा रहेका हरेक नेपालीहरुले आफुले खाने एक छाक कटाएर सहयोग गरेको समेत उनको भनाइ थियो। एनआरएनए जापान कन्साइ क्षेत्रिय सहसचिब भुम प्रसाद गैरेले आउँदा दिनहरुमा पनि लायन्स क्लब अफ चितवन नवलपुर सँग सहकार्य गर्दै सो बालबिकास केन्द्र मात्र नभइ अन्य क्षेत्रमा पनि सहयोग गर्ने बताए।
विशिष्ट अतिथि लायन्स क्लब ईन्टरनेशनल ३२५ बिटुका डिस्ट्कि कोअडिनेटर ला। कमल प्रसार श्रेष्ठले बिदेशमा भएका धेरै नेपालीसंग आबद्ध संघ सस्थाले लायन्स मार्फत नेपालमा सहयो गरेको भन्दै सहयोगिलाई आउँदा दिनमा पनि सहयोग जारी राख्न अनुरोध गरे। कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिका९ ३ का अध्यक्ष शिबकान्त तिवारीले क्लब मार्फत गरिएको सहयोगले भवन बनेपछि सो क्षेत्रका बालबालिकाले शिक्षा लिनको लागि जोखिम मोल्नु पर्ने समस्या समाधान हुने बताए ।
करिब ५० घरधुरी भएको केलादीका बालबालिका अहिले पनि बिधालय अभाबका कारण दुई घन्टाको पैदल हिंडि शिक्षा लिन बाध्य छन। क्लबले टिनको छाना सहित ३ कोठाको सुबिधा सम्पन्न भवन बनाउने गरि काम थालीसकेको छ । बीचमा कुनै अबरोध नआए आउँदो जुलाइमा भवनको उद्घाटन गर्ने गरि काम भइरहेको क्लबका सचिब केपी शर्माले बताए ।
रिजन चेयपरसन बिनोद सुवेदी ,शिक्षक तथा पत्रका नारायण प्रसाद सापकोटा ,समाजसेबि गोपाल कंडेल लगायतको उपस्तिथि रहेको सो कार्यक्रममा दिपक सापकोटाले स्वागत मन्तब्य राखेका थिए भने क्लबका अध्यक्ष उमाकान्त कंडेल निर्मलको सभापतित्वमा कार्यक्रम भएको थियो। कार्यक्रम क्लबका सचिब केपी शर्माले संचालन गरेका थिए।








