नवलपुर । मंगलवार नवलपुर जिल्लामा निषेधाज्ञा लागुभएको छ । संक्रमितको संख्या दैनिक बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा जारी गरेको छ ।
वैशाख २१ गते रातीदेखि जेठ ४ गतेसम्म १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय संगै नवलपुरमा पनि निषेधाज्ञा गरिएको छ । निषेधाज्ञा पहिलो दिन सडकमा मालवाहाक सवारी संञ्चालनमा रहेका छ । साना व्यवशायहरु प्नि संञ्चालनमा रहेका छन ।
साना साधनको हकमा भने अत्यावस्यक बाहेक अरु संञ्चालनमा रोक लगाइएको छ ।








