काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको हो ।
तेजावी सुनको मूल्य तोलाको ८९ हजार ८ सय रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








