चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोनाभाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा अझै कडा बनाउने तयारी गरेको छ । जिल्लामा कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या नघटेको भन्दै थप कडाइ गर्न लागिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानले बताउनुभयो ।
उहाँले जिल्लाका सबै पालिकाहरुलाई पनि अलट हुन आग्रह गरिएको जानकारी दिनुभयो । आज बस्ने जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले थप कडाई गर्ने सम्बन्धमा निर्णय गर्नेछ । “निषेधाज्ञाको बाँकी अवधिमा अझै सचेत बन्नुपर्ने देखिएको छ,उहाँले भन्नुभयो’,कारवाहीको प्रकृयालाई पनि बढाउने तयारीमा छौं ।”
प्रजिअ लामिछानेले स्वयम निषेधाज्ञा कार्यान्वयन गराउनका लागि जिल्लाका विभिन्न क्षेत्रमा खटिनुभएको छ । चितवनमा निषेधाज्ञाको आज छठौं दिन हो ।








