सांकेतिक तस्विर
हेटौंडा । मकवानपुरमा हालसम्म पुष्टि भएका संक्रमितमा ३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भए संगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
जनस्वास्थ्य कार्यलय अनुसार मंगलबार कोरोना मुक्त हुनेमा ८ जना घरमै बसेका संक्रमित र १ जना आइसोलेस बसेका संक्रमित रहेका छन् । संक्रमण मुक्त हुने ९ जनानै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । मकवानपुरमा हालसम्म कोरोना ४ हजार ७ सय २२ जनामा संक्रमण पुष्टि भएकामा ३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त भएका हुन् ।
मकवानपुरमा आजको दिनमा ७ सय ७२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ७ सय ४० जना होम आइसोलेसन र ३२ जना (१९ जना गौरिटार र १३ जना गौरिटार आइसोलेसन) आइसोलेसनमा उपचारत रहेका छन् ।








