चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले निषेधाज्ञा उल्लंघन गर्ने २४० सवारी साधनलाई कारबाही गरेको छ । जिल्लाका बिभिन्न स्थानबाट आज २३१ वटा दुई पाङ्ग्रे र ९ वटा ठुला सवारी साधनलाई कारबाही गरिएको हो । यस्तै निषेधाज्ञा उल्लंघन गर्दै आवश्यक रुपमा हिडडुल गर्ने ४ सय ४१ जना मानिसहरुलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।
जसमध्ये १७२ जना पुरुष र २६९ महिला छन् । उनिहरुलाई नियन्त्रणमा लिई केहि समय होल्डमा राखि छाडिएको थियो । निषेधाज्ञा उल्लंघन गर्नेहरुबाट आज (मंगलवार) मात्रै १ लाख १५ हजार ४०० रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डिएसपी सरोज गिरीले बताए ।
यस्तै तोकिएको समय र अत्यावश्यक बस्तु बाहेकको १२ वटा पसल सञ्चालन गर्नेलाई पनि प्रहरीले कारवाही गरिएको डिएसपी गिरीले बताए । सोही क्रममा मास्कको प्रयोग नगर्ने २८ जनालाई मास्कसोत वितरण गरिएको प्रहरीले जनाएको छ ।









