• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

देवघाटमा रातको समयमा दाहसंस्कार गर्न रोक

  •   शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । देवघाटमा राति दाहसंस्कार गर्न रोक लगाइएको छ । देवघाट क्षेत्र विकास समितिले राति १० बजेदेखि बिहान ४ बजेसम्म दाहसंस्कारमा रोक लगाएको हो ।

    देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार धार्मिक मान्यताअनुसार रातको समयमा अन्त्येष्टि राम्रो नमानिने र व्यवस्थापन समेत कठिन हुने भएकाले रातको समयमा अन्त्येष्टि रोकिएको हो । सुरक्षाका हिसाबले पनि राति उपयुक्त नहुने उनको भनाइ छ । पौडेलले भने, ‘रातको समय गङ्गा विश्रामको समय पनि हो । शास्त्रीय मान्यताअनुसार रातमा अन्त्येष्टि गर्नु हुँदैन ।’

    राति एकाएक नदी बढ्न सक्ने र शङ्कास्पद शव आउन सक्ने भएकाले रातको समयमा दाहसंस्कार रोकिएको हो । समितिले दाहसंस्कारका लागि ल्याउने शवको दर्ता गर्ने गरेको छ । दाहसंस्कारका लागि दाउरा पनि उपलब्ध गराउँदै आएको छ ।

    त्यसवापत एउटा शवको रु तीन हजार ५०० दाउरा र रु ५०० वातावरण शुल्क लिने गरेको छ । अति गरिबका लागि निःशुल्क गरिँदै आएको छ । राति १० बजेपछि आउने शवलाई शव प्रतीक्षा भवनमा राखेर बिहान ४ बजेदेखि दाहसंस्कार गर्न भनिएको छ ।

    शव घट्यो

    लकडाउनसँगै दाहसंस्कारका लागि आउने शव आधाभन्दा कम भएको छ । पौडेलका अनुसार त्यसअघिका समयमा दैनिक १५ वटा हाराहारी शव दाहसंस्कारका लागि ल्याउने गरेको भए पनि अहिले यो संख्या सातको हाराहारीमा झरेको छ ।

    देवघाटमा मुख्यरुपमा चितवन, नवलपरासी, तनहुँसहित छिमेकी जिल्लाबाट अन्त्येष्टिका लागि शव ल्याउने गरिन्छ । समितिले दाहसंस्कारका लागि आउँदा २५ जनाभन्दा बढी नआउन अनुरोध गरेको छ । यद्यपि अटेर गर्ने गरिएको पौडेलले बताए । उनले अहिलेको विसम परिस्थितिमा थोरै संख्यामा आएर अन्त्येष्टि गर्न सबैसँग आह्वान गरिएको पनि जानकारी दिए ।

    समितिको असन्तुष्टि

    देवघाटमा दाहसंस्कारका लागि आउने मलामीले न्यूनतम आचरण समेत पालना नगरेको भन्दै पौडेलले असन्तुष्टि व्यक्त गरेका छन् । उनका अनुसार मलामी आउनेहरु शोक मुद्रामा हुनुपर्नेमा मलामीले मदिराको भट्टी पसलसमेत खोज्दै हिँड्ने गरेको पाइन्छ । उनले भने, ‘देवघाटको गरिमा मर्यादा र आचरणको ख्याल गर्नु पर्‍यो ।’

    अन्त्येष्टिपछि फर्कंदा गङ्गामा स्नान गरेर चोखो भएर फर्कनु पर्ने उनको भनाइ छ । धार्मिक विधिअनुसार मलामी गएकाहरुले चोखो बसेर एक छाक छाड्नु पर्ने भन्दै उहाँले ती पूरै कर्म पूरा गर्न नसके पनि न्यूनतम कर्म भने भुल्न नहुने बताए । यो विधि परम्परागतमात्र नभएर वैज्ञानिक पनि भएको पौडेलको भनाइ छ ।

    शवसँगै फोहर बढ्यो

    देवघाटमा दाहसंस्कारसँगै फोहर धेरै आउने गरेको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार एउटा शव ल्याउँदा एक ट्याक्टरसम्म शवजन्य फोहर आउने गरेको छ । फोहर व्यवस्थापनका लागि भरतपुर महानगरपालिकासँग सहकार्य गरेर त्यहाँ फोहर सङ्कलन केन्द्र निर्माण गरिएको छ ।

    हप्तामा दुई पटक महानगरले फोहर उठाएर बिसर्जन गर्ने गरेको घिमिरेले बताए । उनका अनुसार कुनै पनि फोहर गङ्गामा फाल्न पाइँदैन । सकेसम्म नदीलाई प्रदूषण हुनबाट रोक्ने काम भइरहेको छ । दाहसंस्कारका लागि आउने मलामीलाई माइकिङमार्फत नियमित सन्देश प्रवाह गरिँदै आएको छ । धार्मिक मान्यताअनुसार देवघाटमा अन्त्येष्टि गरिएमा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.