काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन् । बिहीबार साँझ भेटवार्ताका लागि नेता नेपाल देउवा निवास पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत असफल बनाउनका लागि रणनीति तय गर्न उक्त भेटवार्ता केन्द्रित रहेको स्रोतले बताएको छ । प्रधानमन्त्री ओली यही २७ गते संसद बैठक बोलाएका छन् । ओलीसँग एमालेकै नेपाल पक्ष असन्तुष्ट छ ।
यसैबिच, प्रधानमन्त्री ओलीले बुधबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेर कांग्रेसका शीर्ष नेताहरूसँग विश्वासको मत दिन, ‘अर्ली इलेक्सन’ र सहकार्य गर्ने प्रस्ताव गरेका थिए । तर, देउवासहित कांग्रेस नेताले विपक्षीको हैसियतले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका थिए।








