खैरहनी । उद्योग बाणिज्य संघ खैरहनी चितवनको अधिवेशन स्थगीत भएको छ । संघले जेठको अन्तिम साता साधारण सभा तथा अधिवेशन गर्ने जनाएको थियो । तर कोरोना भाईरस संक्रमण पछिको वर्तमान अवस्थालाई मध्यनजर गर्दै अधिवेशन स्थगीत गरिएको उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले वताए । अधिवेशन स्थगीतबारे संघले उद्योगी व्यवसायीहरुलाई सुचना जारी गरेर जानकारी गराईसकेको छ । यसअघि संघको अधिवेशन जेठ २६ र २७ गतेका लागि तोकिएको थियो । अव उपयुक्त समयमा कार्यसमितिको वैठक वसेर अधिवेशनको अर्को मिति तोकिने सुचनामा उल्लेख गरिएको छ ।








