देवघाट तनहुँ । देवघाट गाउँपालिका प्रवेश नाकाहरुमा थप कडाइ गरिएको छ।बिश्व महामारीको रुपमा फैलिएको कोबिड १९ कोरोना भाईरस देशको विभिन्न स्थानहरूमा फैलिरहेको हुँदा देवघाट पनि एक पर्यटकीय र धार्मिक स्थान भएको हुनाले कोबिड १९ कोरोना भाइरस बाट देवघाटबासीलाई थप सुरक्षित राख्न देवघाट प्रवेश नाकाहरुमा गत साता देखि नै हेल्प डेक्स राखिएको बताउदै आज सनिवार स्वयंम आफैं देवघाटको एक मुख्य प्रवेश नाकामा उपस्थित भइ अनावश्यक आवातजावत गर्ने ब्याक्तीहरुलाई सम्झाई बुझाई गरि फर्काइएको देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बताउनुभयो। साथै अध्यक्ष थापाले देवघाटका विभिन्न आश्रमहरुमा धेरै बृद्धबृद्धाहरु बस्ने गरेको हुँदा उनिहरुको सुरक्षाको लागि पनि नाकाहरुमा थप कडाइ गरिएको उहाँले बताउनुभयो।
देवघाट प्रमुख धार्मिक स्थाल भएको कारण धार्मिक कार्यको लागी धेरै तिर्थलु भक्तजनहरु आउने हुँदा धार्मिक स्थालमा दैनिक नृत्य,पाठ,पुजा गर्ने तर नागरिकको भिडभाड हुने बिबाह,बर्तबन्ध,तालीम,गोष्ठी र मानिस जमघट हुने कुनै पनि कार्यक्रम तथा प्रबचनहरु सके सम्म बन्द गर्ने तर बन्द गर्न नसकिएमा सके सम्म थोरैको उपस्थितमा मात्र सामाजिक दुरि कायम गरि त्यस्ता कार्यक्रमहरु सम्पन्न गर्नु पर्ने देवघाट क्षेत्र बिकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले बताउनुभयो।
देवघाट गाउँपालिकाले कोबिड रोकथामको लागी सचेतना मुलक माईकिङ्ग,प्रचार-प्रसार गर्ने,बैक तथा वित्तीय संस्थामा सेवाग्राहीको भिड कम गर्ने,कसैलाई कोरोना पोजेटिभ देखिएमा होम आईसोलेसनमा बस्ने तर स्वास्थ्य समस्या देखिएमा भरपुर,दमौली र पोखराको कोविड अस्पतालमा पायक पर्ने स्थानमा पठाउने वयवस्था मिलाएको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा बताउनु भएको छ।
देवघाट प्रवेश गर्ने मुख्य नाखाहरुमा आवातजावत गर्ने मानिसहरुको विवरण संकलन गरिएको छ। गत सात नै गाउँपालिकाले मुख्य नाकाहरुमा हेल्प डेक्स राखि अनावश्यक रुपमा आवातजावत गर्ने सर्वसाधारण थप कडाइ गर्ने निर्णय समेत गरिको छ। देवघाट प्रवेश नाकाहरु पुरानो झोलुङ्गे पुल,दासढुङ्ग पक्कि पुल र झोलुङ्गे जुगेडि पुलहरुमा नेपाल प्रहरी,देवघाट गाउँपालिका नगर प्रहरी,जनप्रतिनिधि र युवाहरु सहितको हेल्प डेक्स राखिएको छ।








