चितवन । सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले कोरोना संक्रमितलाई अस्पताल सम्म लैजान गाडी प्रयोगमा ल्याएको छ । रत्ननगर नगरपालिकासंग सहकार्य गरी बोलेरो गाडीलाई एम्बुलेन्समा रुपान्तरण गरी सेवा सुरु गरेको हो । वडा नं ७ र ८ का गरिब तथा विपन्न समुदायका व्यक्तिहरुलाई कोरोना संक्रमण भए अस्पलात लैजाने गरी बा.५च ३१४५ नम्बरको बोलेरलाई कोभिड एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए ।
शनिवारदेखि सेवा सुरु गरेको इम्प्याक्टले पहिलो दिन नै वडा नं ८ का एकजना कोरोना संक्रमितलाई अस्पताल लगेको छ । सो गाडी दुई वडाको समन्वयमा संक्रमितलाई अस्पताल सम्म लैजाने छ । गाडीसंगै चालक र इन्धन समेत सबै खर्च इम्प्याक्टले व्यहोर्ने छ । गत बर्षको कोरोना संकटको बेला गरिब तथा सीमान्तकृत समुदायलाई राहत वितरण गरेको इम्प्याक्टले कोरोनाको दोस्रो लहरमा विरामी बोक्न गाडी सञ्चालनमा आएको हो ।
इम्प्याक्ट सेवा भावले स्थापना भएको संस्था हो अध्यक्ष गिरीले भने संकटको सावधान सबै मिलेर गर्ने हो,आवश्यक परे हामी स्थानीय सरकारलाई अन्य सहयोग गर्न पनि तयार छौं । सो गाडीका लागि चालक मुरली ढकाललाई ९८४२६११५१२,९८४५०६७६१७,९८४५४३६२३४ मा सम्पर्क गर्नुपर्ने छ ।








