काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्याउने कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेका छन् । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै ओलीले यस्तो नहुने पनि विश्वास गरे ।
‘…………..के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु, यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो ।
यस पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु ।’ विज्ञप्तीमा भनिएको छ । उनले केही व्यक्ति कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएको बताएका छन् ।
‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालि छाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउने जस्ता घातक र दुःखद्प्रवृत्तिहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन्र यी हानिकारक छन्।’ विज्ञप्तीमा उल्लेख छ ।









