चितवन । नेपाल शिक्षक महासङ्घले शिक्षकका समस्या माग आवश्यकता र अधिकारका विषयमा राजनैतिक दल र साङ्गठनिक शिक्षकहरु बिच अन्तरक्रिया गरेको छ ।
आज ( आइतबार ) भर्चुअल माध्यम बाट भएको छलफलमा शिक्षकको विषयमा सन्तोषजनक सम्बोधन नभएकोबारेमा निचोड निकालिएको छ । कार्यक्रममा ७७ जिल्लाबाट प्रतिनिधित्व हुने गरी एक हजार जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बालबिकास शिक्षक र कर्मचारी को न्यायोचित तलब वृद्धिका लागि सशक्त दबाब दिने,बटम लाइन बनाउने , संघीय शिक्षा ऐन ल्याउन एकजुट हुने , बिगतका सहमति पालना गराउनका निम्ति राजनैतिक दल र शिक्षक महासङ्घ एक हुने शिक्षक महसङ्घले राखेका ३० बुँदे माग पूरा गर्न समान धारणा बनाउने जस्ता बुधाहरुमा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा राजनैतिक दलका व्यक्तिहरुले व्यक्तिगत र पाटीगत तवरले शिक्षकहरुलाई साथ दिने पूर्ण प्रतिबद्धता जाहेर गरेका थिए । अन्तरक्रियामा पूर्व शिक्षा मन्त्री गिरिराजमणी पोख्रेल , काङग्रेस केन्द्रिय सदस्य गगन थापा , नेकपा माओवादी क्रान्तिकारी नेता हरिभक्त कंडेल , जनता समाजवाद पाटीबाट माननीय सुरीता शाह लगाएतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको अध्यक्ष्ाता नेपाल शिक्षक महासङ्घका केन्द्रिय समिति सह -अध्यक्ष पुर्ण प्रसाद दवाडीले गरका थिए








