काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदको बैठक सिंहदरबारमा सुरु भएको छ । सोमबार बिहान सवा १० बजेदेखि सुरु भएको हो । संसद सचिवालयको कोठा नम्बर ४११ मा सांसदबीच छलफल भइरहेको एक नेताले जानकारी दिए ।
नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायम राख्नका लागि भन्दै ६ बुँदे पत्र पठाएर आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । सो अल्टिमेटमबाट माग सम्बोधन नभएपछि खनाल नेपाल समूहका सांसदहरु राजीनामा दिने तयारीमा रहेका छन् ।








