काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको हो ।
तेजावी सुनको मूल्य तोलाको ९१ हजार ५ सय रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








