काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतका लागि राखेको प्रस्तावमा उहाँले प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा ९१० बमोजिम विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष राखेको प्रस्ताव पारित नहुने जनाउँदै सो आह्वान गर्नुभयो जनताले गत निर्वाचनमा स्पष्ट बहुमत दिए पनि सरकार र सरकारका प्रमुख प्रधानमन्त्री ओलीले जनता सामु गरेका वाचा बिर्सिएको तथा अधिनायकवादी र सर्वसत्तावादी चरित्र प्रदर्शन गरेको आरोप सभापति उहाँले लगाउनुभयो ।
पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, “सुशासनको प्रत्याभूति दिन नसकेको, देशको स्वाभिमान मर्यादा र गरिमा बढाउन नसकेको, कोभिड–१९ को रोगथाम र नियन्त्रणमा सर्वदा असफल भएको, शान्तिसुरक्षा कायम गर्न नसकेको र संविधान, विधि र पद्धतिलाई नै समाप्त गरी संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै आँच पुग्ने कार्य गरेको हुँदा अहिले मुलुकमा जटिल अवस्था सिर्जना भएको छ । प्रधानमन्त्रीजी आफैँले उत्पन्न गरेको समस्याका कारण विश्वासको मत माग्नु पर्ने अवस्थामा पुग्नुभएको छ ।”








