काठमाडौँ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्ने आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत गुमाएलगत्तै संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले नयाँ सरकारको प्रक्रिया सुरू गर्न आह्वान गरेका हुन् ।









