• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सीडीओ पंगेनी सहितको टोलीद्वारा गैँडाकोटका उद्योगहरुको अनुगमन

  •   बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराई सहितको टोलीले आज गैँडाकोटका उद्योगहरुको अनुगमन गरेको छ । कोरोना भाइरसबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको अनुगमन गरिएको हो । प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी मोहन वहादुर थापा, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्ल, सशस्त्र प्रहरी पितौजीका डिएसपी विरभद्र नाथ,अनुसन्धानका एसपी रमेश यादव लगायतको टोलीले अनुगमन गरी थप निर्देशन समेत दिएको छ ।

    सुरुमा टोलीले गैँडाकोट ८ मा रहेको सिद्धिविनायक अक्सिजन प्लान्टमा अनुगमन गरेको छ । अनुगमन पछि टोलीले यस्तो महामारीमा पनि सीमिति जनशक्तिले काम गरेको भन्दै त्यसलाई बढाउन आग्रह गर्नुभयो । जनशक्ति थप भए सेवा प्रवाहमा सहज हुने भन्दै यसतर्फ तत्काल सुधार गर्न प्लान्टलाई निर्देशन दिनुभयो । प्लान्टले अक्सिजन भर्ने क्षमता बढाएकोमा धन्यवाद दिँदै आवश्यक सहयोग गर्न प्रशासन तयार रहेको र अक्सिजन उपलब्ध गराउने सूचीमा नवलपुरलाई पहिलो प्राथमिकतामा राख्न टोलीको आग्रह थियो ।

    प्लान्टले अहिले दैनिक ४ सय सिलिण्डर ग्यास उत्पादन गर्ने गरेको इन्जिनियर किरण कुमारले जानकारी दिनुभएको थियो । उत्पादन क्षमताका लागि आवश्यक पर्ने विद्युत, ट्रान्सफर्मर, भन्सारहुँदै ल्याउनुपर्ने सामानमा सहजीकरण गर्ने बताउँदै प्रमुख जिल्ला अधिकारीले पंगेनीले प्लान्टले थप क्षमता बढाउन इन्जिनियर किरण कुमारलाई आग्रह गर्नुभयो । अहिले प्लान्टको थप सुरक्षाका लागि नेपाल प्रहरी समेत खटाइएको छ । खटिएका प्रहरीहरुले प्लान्टको सुरक्षा र अनावश्यक दबाब दिँदै अक्सिजन लैजान शक्तिहरुलाई नियन्त्रण गर्न सहयोग मिलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताउनुभयो ।

    त्यस्तै प्लान्टका प्रमुख इन्जिनियर कुमारको वानीव्यहोरा सच्याउन पनि टोलीले सुझाव दिएको छ । महामारीको समय नरम बोलीले पनि धेरै कुराको समाधान हुने भन्दै महामारीमा सवै मिलेर काम गर्न पंगेनीको आग्रह थियो । त्यस्तै गैँडकोटमा रहेको टाइम फर्मास्युटिकल्स र सो कम्पनीको उद्योगमा समेत अनुगमन गरिएको छ । उद्योगले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गरेको पंगेनीले बताउनुभयो । यो उद्योगमा मजदुर, प्रशासन शाखाका सवै कर्मचारी, सवारी चालकलाई समेत मास्क, फेस सिल्ड, सेनिटाइजरको व्यवस्था गरिएको थियो ।

    अनुगमन गरिएको युनाइटेड पोलीस्याक्समा भने मजदुरहरुलाई उपलब्ध गराइएको मास्क कपडाको भएको र यसलाई परिवर्तन गरी सर्जिकल मास्क दिन निर्देशन दिइएको थियो । स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी जिल्लामा उद्योगहरु संचालनको अनुमति दिएपछि त्यसको कार्यान्वयन भए नभएको प्रशासनले कडा चेकजाँच गरिरहेको छ ।

    यस अघि देवचुलीको सीजी उद्योगको समेत अनुगमन गरेको थियो । कोभिडको दोस्रो लहरमा कसैले वेवास्ता गर्न नहुने र सवैले स्वास्थ्य मापदण्डको अनुसासन पूर्वक पालना गरे महामारी नियन्त्रणमा ठूलो सहयोग मिल्ने अनुगमनपछि प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले बताउनुभयो । पूर्व जानकारी नदिई भएको अनुगमनबाट यथार्थ जानकारी हुने र निर्देशनसँगै कार्यान्वयनमा सहज भइरहेको उहाँको भनाई छ । जिल्लाका उद्योगहरुको अनुगमन निरन्तर भइरहको पंगेनीले बताउनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.