धादिङबेसी । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, धादिङ उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय धादिङको टोली धादिङबेसीमा बजार अनुगमन गरेको छ ।
मंगलबार र बुधबार दुई दिन सम्म भएको उक्त बजार अनुगमनका क्रममा जफत भएका सामान र पसलको नाम सार्वजनिक गर्दै प्रशासनले उपभोग्य वस्तु खरिद गर्नु अघि गुणस्तर, मूल्य, अवधि (म्याद), लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरेको छ ।
धादिङबेसीमा बजार अनुगमन, मुल्य नबढाउन निर्देशन
कोरोना संक्रमणलाई रोकथाम निषेधाज्ञा जारी गरिएको छ, यहि अवधिमा बजारमा कालो बजारी, अखाद्य बस्तु विक्रि वितरण भएको गुनासो आएपछि बजार अनुगमन गरिएको जिल्ला प्रशासनले जनाएको छ । दुई दिन सम्म गरिएको अनुगमनका क्रममा जफत भएका सामाग्री आज नष्ट गरिएको समेत प्रशासनले जनाएको छ ।









