काठमाडौं। कोरोना भाइरस (कोभिड—१९) संक्रमणको औषधि र भ्याक्सिन विकासको लागि विश्वका धेरै देशले काम गरिरहेछन्। यो छिमेकी देश भारतको चेन्नाइ निवासी आर्युवेद कम्पनीका मालिकले गरेको औषधि विकास प्रयासको खबर हो।
उनी पछिल्लो समय कोरोना भाइरस उपचारको लागि औषधि अनुसन्धान गरिरहेका थिए। अघिल्लो साता उनले भने, ‘हामीले कोरोना उपचारको औषधि बनाएका छौं। यो परीक्षण हुने क्रममा छ।’
कोरोना महामारीले हायलकायल भइरहेको भारतमा उनको यो सन्देशले निकै ठूलो स्थान पायो। चेन्नाईमा मात्र नभई दिल्लीमा पनि। तर परीक्षणका क्रममा जे भयो त्यसले डा.राजकुमार मात्र होइन आर्युवेद विज्ञानमाथि नै गम्भीर प्रश्न उब्जाइदिएको छ।
चेन्नाईको स्थानीय बजारमा आर्युवेदिक उत्पादनका लागि ख्याती कमाएका उनले गत शुक्रबार सो औषधिको परीक्षण गर्ने घोषण गरेको थिए। पूर्व निर्धारित समयमै औषधि परीक्षण गरियो पनि। तर त्यसपछि जे भयो त्यो दुःखद छ।
शुक्रबार डा.राजकुमार र उनको कम्पनी प्रबन्धक के.शिवनेसनले आफैँले औषधि परीक्षण गरे। त्यसपछि बेहोस् भए। आर्युवेद कम्पनीका प्रबन्धक शिवनेसन सुजाता बायोटेकका फार्मासिस्ट पनि थिए।
भारतीय सञ्चार माध्यमहरुका अनुसार कोरोनाविरुद्धको आर्युवेद औषधि परीक्षणका क्रममा ४७ वर्षीय शिवनेसनको मृत्यु भएको छ। द हिन्दू अनलाइनका अनुसार दुवैले औषधिको केही अंश सेवन गरेका थिए।
औषधि सेवन गरेको केही समयमै शिवनेसन बेहोस हुन पुगे। लगत्तै उनलाई टी.नगरस्थित एक निजी अस्पतालमा लगियो। त्यहाँ डाक्टरले उनलाइ मृत घोषित गरे।
डा.राजकुमार बेहोस भएका थिए। अस्पतालमा उपचार गराइरहेका उनको स्थिर गम्भीर र स्थिर छ। उनको उपचार जारी छ। आर्युवेद कम्पनी मालिक डाक्टर राजकुमार आँखा डाक्टर हुन्। याे प्रकरणको अहिले प्रहरीले छानबिन गरिरहेको छ।
‘हाम्रो अनुसन्धानबाट डा.राजकुमारले कोभिड—१९ को लागि बनाएको भनिएको औषधि सेवन गरेपछि शिवनेसनको मृत्यु भएको देखिएको छ’, डी.नगरका प्रहरी उपमहानिरीक्षक अशोक कुमार भन्छन्, ‘उनले नै औषधि तयार पारेको हो होइन अनुसन्धान भइरहेको छ।’
डा.राजकुमारले पाउडर औषधि लिएका थिए। उनले शिव नेसनलाई भने झोल औषधि दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। शिव नेसन ढलेको केही समयपछि ६७ वर्षीय उनी पनि बेहोस् भएका थिए।
विश्व यतिबेला कोरोना भाइरसको भ्याक्सिन विकास गर्न वैज्ञानिक शोध भइरहेका छन्। धेरै देश तथा अनुसन्धान कम्पनीले सम्पूर्ण शक्ति केन्द्रित गरिरहेका छन्। तापनि अहिलेसम्म कसैले पनि भ्याक्सिन विकास गर्न सकेका छैनन्।








