काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजारमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा ४ सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको हो ।
तेजावी सुनको मूल्य तोलाको ९१ हजार १ सय रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








