काठमाडौं । पर्साको वीरगञ्जबाट प्रहरीले तिन जना भारतीय नागरिकसहित ४ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको महागढीमाई नगरपालिका–४ घर भएका कलामुद्दिन अन्सारी, भारत बिहार घर भएका विकास कुमार, गुड्ड कुमार र साहिल गुप्ता रहेका छन् ।
उनीहरुको साथबाट ८२ लाख ५० हजार हुन्डीको रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बाराको महागढीमाईका १८ वर्षीय कलामुद्दिन अन्सारी बुधवार २५ लाख नगद बोकेर निस्केका थिए । आदर्शनगर चोकमा कलामुद्दिनलाई पक्रेपछि उनको बयानका आधारमा रक्सौलका ३ जनाले वीरगञ्जमा फ्ल्याट लिएर हुन्डीको कारोबार गरिरहेको खुलेको थियो ।
पक्राउ परेका उनीहरुबारे बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन–०७३ अनुसार अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।








