काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९१ हजार १ सय रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








