काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन हुनुभन्दा थप गिजोलिएको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वैकल्पिक सरकार गठनको दिशामा अघि बढेका नेता यादवले पुनः ओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँदा मुलुकको राजनीति थप अनिश्चिततातर्फ धकेलिएको प्रतिक्रिया दिएका हुन् ।
शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् । उनले आफुहरु मुलुकलाई सही बाटोमा हिँडाउन र मुलुकको राजनीति मुलुकका पार्टीहरूको हातभन्दा बाहिर नजाओस् भन्ने प्रयासमा रहेको बताए ।
प्रधानमन्त्रीका अभिव्यक्ति संसदलाई भंग गरेर मुलुकलाई अनिश्चित र अन्यौलतातर्फ लैजाने खालका भएको दाबी उनले भने ।








