चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई थप व्यबस्थीत र प्रभावकारी बनाउने भएको छ। प्रशासनले एक सुचना जारी गरेर थप ब्यबस्थीत गर्ने बताएको छ । सुचना अनुसार अब चितवनमा बैंकहरु हप्ताको ३ दिन मात्रै सन्चालन गर्न पाइने भएको छ । हप्ताको ३ दिन आईतबार, मंगलबार र बिहीवार मात्रै सन्चालन गर्न पाउने भएको हो ।
अत्यावश्यक सेवा प्रयोजनको लागि न्युनतम कर्मचारी खटाई हप्ताको ३ दिन बिहान १० बजेदेखी दिउसोको १ बजेसम्म ३ घण्टा मात्र सन्चालन गर्नुपर्ने जनाएको हो । त्यस्तै अन्य बित्तिय संस्था, इन्सुरेन्स कम्पनी, मनी ट्रान्सफर तथा सहकारीहरु सन्चालन गर्न नपाईने भएको छ । सबै बैंक तथा बित्तिय संस्थाका एटिएम बुथहरु भने चौबिसै घण्टा सन्चालन हुने व्यबस्था गर्नुपर्ने जनाएको छ ।
चितवनमा कोरोना संक्रमणको दर बढ्दै गएपछी चितवन प्रशासनले जेठ १३ गते सम्मको लागि निषेधाज्ञा गरेको छ । यस्तै खाद्यान्न पसल पनि हप्ताको ३ दिन ३ घण्टा मात्र मात्रै खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यलय चितवनको जारी आदेशमा खाद्यान्न पसल हप्ताको ३ दिन आईतबार, मंगलबार र बिहीवार मात्रै सन्चालन गर्न पाइने जनाएको हो ।
तरकारी, फलफुल, माछा, मासु, अण्डा र पानी बिक्री गर्ने पसल तथा व्यवसायहरु दैनिक बिहान ६ बजे देखी ९ बजे सम्म मात्र सन्चालन गर्न पाउने छन् भने खाद्यान्न पसल हप्ताको ३ दिन मात्रै सन्चालन गर्न पाईने भएको हो ।








