हेटौंडा ।भारतले नेपालको सिमा मिचेको विरोधमा काठमाडौं सहित देशको विभिन्न शहरमा भारत विरुद्ध प्रदर्शन हुदै आइरहेको छ।
यसै क्रममा हेटौडामा पनि दिनहुजसो विभिन्न संघसंस्था र स्वतन्त्र नागरिकले विरोध प्रदर्शन गर्दै आइरहेका छन्।आज मंगलबार पनि हेटौंडामा भारत विरुद्ध प्रदर्शन गरिएको छ।
हेटौंडा ४ बुद्ध चोकमा भेला भएर विभिन्न नारा सहितको प्लेकार्ड बोकेेर भारत विरुद्ध प्रदर्शन गरेका हुन्।स्वतन्त्र नागरिक भन्दै करिब १० जनाको समुहमा रहेका युवाले ‘सिमा मिचिएको हो कि बेचिएको हो’ नक्सा तुरुन्त सार्वजनिक गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।








