काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा ४ सयले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९३ हजार २ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








