काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिएको छ । बिहीबार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि शुक्रबार ससाँझ ५ बजेसम्मको समय दिएकी थिइन् ।
यो समयमा प्रधानमन्त्रीका लागि प्रधानमन्त्री केपी ओलीले फेरि दावी प्रस्तुत गरेका छन् । उनले आफ्नो पक्षमा १५३ सांसद रहेको दावी गरेका छन् ।
दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीको हस्ताक्षर रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।








