काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नागरिकतासम्बन्धी अध्यादेशको विरोध गरेको छ । सो पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक अस्थिरताबीच सरकारले अध्यादेश जारी गरेको भन्दै त्यसको विरोध गरेका हुन् ।
उनले अध्यादेश ल्याउने कार्यको भत्र्सना समेत गरेका छन् । अध्यादेश राष्ट्रहीत विपरित भएकाले फिर्ता लिन पनि माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमामार्फत् उनले सरकारले ल्याएको नागरिकता अध्यादेशको विरोध गरेका ह्न ।
‘नागरिकता विधेयक संसदमा विचाराधीन छ। तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछ’, थापाले भनेका छन् । सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले आइतबार अध्यादेश जारी गरेकी थिइन् । जसको चौतर्फी विरोध भइरहेको छ ।








