काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि आफ्ना सम्पूर्ण शक्तिहरूको उपयोग गर्न नसकेको बताउनुभयो ।
नेपाल प्रेस युनियनको ३१औँ स्थापना दिवसको सन्दर्भमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै उहाँले अहिलेको समयमा नेपाली काङ्ग्रेसले ३ वटा लडाइँ एकैपटक लडिरहनुपरेको बताउनुभयो । ‘अहिले हामी तीनवटा लडाइँ एकैपटक लड्दै छौँ, पहिलो– कोरोनाबाट जनताको जीवनरक्षा गर्ने, दोस्राे– संविधान र लोकतन्त्र बचाउने र तेस्राे– पार्टीलाई अवैधानिक हुनबाट बचाउने,’ पौडेलले भन्नुभयो ।
उहाँले सम्पूर्णलाई तीनवटै लडाइँमा सफल हुनका लागि आह्वान र आग्रहसमेत गर्नुभएको छ। अहिलेको समयमा सरकारले ” चुनाव लाई लोकतान्त्रिक अभ्यास हो भनेर चुनावको घोषणा गर्ने तर महामारीको कारणले गर्न सकिएन भनेर कारण देखाउने र चुनाव नगर्ने मानसिक तयारी देखिएको छ,’ उहाँले भन्नुभयो , ‘त्यो अवस्थाबाट पार पाउनका लागि देशले नयाँ विकल्प पाउनुपर्छ ।








