चितवन । चितवनमा २७० केजी गाँजा सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको पुर्वी चम्पाचरण घर भएका २५ बर्षिय पिन्टु कुमार रहेका छन् । प्रहरिले आज दिउसो ०२:४५ बजेको समयमा राप्ती नगरपालिका १ स्थित प्रहरी बिट लोथर बाट NL 01 N 5867 नम्बरको भारतिय ट्रकमा लुकाई छिपाई गाँजा ओसार पोसार गर्दै गरको अवस्थामा कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय चितवनका डिएसपी सुर्य थापाले बताए ।
गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा बरामद उक्त गाँजा बिरगंज हुँदै भारततर्फ लैजान लागेको भन्ने खुलेको र उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको सम्बन्धमा अनुसन्धान भईरहेको बताएको छ ।
पक्राउ परेका कुमारलाई चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।








