चितवन : अत्यावश्यक बाहेक कसैलाई पनि घर बाहिर निस्कन नदिन जिल्ला प्रशासन कार्यालय चितवनले टोलबासीहरुलाई आग्रह गरेको छ । कार्यालयले बिहिबार एक सूचना जारी गरी अत्यावश्यक नपरी घर बाहिर ननिस्कन र बैंक तथा वित्तिय संस्थाहरुमा भिड हुन नदिन टोल विकास संस्थाहरुलाई आग्रह गरेको हो ।
चितवन जिल्ला पनि कोभिड १९ को उच्च जोखिममा रहेकाले प्रशासनले गरेको आग्रहलाई कसैले अटेर गरे नजिकको प्रहरी इकाईमा खबर गर्न आग्रह गरिएको छ । जमघट हुने स्थानमा कम्तिमा दुई मिटर दुरी कायम गर्न पनि प्रशासन कार्यालयले सुझाएको छ ।
आफ्नो टोलमा कोहि व्यक्तिलाई पनि बाहिरबाट आउन नदिन र अत्यावश्यक परेर आएमा निजहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन पनि टोल सुधार समितिहरुलाई आग्रह गरिएको छ ।








