काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमि वायु,स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। हाल प्रदेश नं १ मा पुर्ण बदलि र देशका अन्य भु–भागका अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य बदली रहेको छ।
प्रदेश १ प्रदेश नं २ र बाग्मति प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा भईरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश नं१ र बागमती प्रदेशका एक दुइ स्थानमा भारि बर्षाको पनि संभावना रहेको छ।
राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको महाशाखाले जनाएको छ ।








