काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या २५८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँके जिल्लामा ८ र मकवानपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । नैनापुरस्थित वडा नंं.१, ३ र ५ निवासी १८, २०, २२, २५,२५, २७, ३२, ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै मकवानपुरमा ३७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।








