चितवन । पूर्वीचितवनको इलाका प्रहरी कार्यालय खैरहनीमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत एक प्रहरी जवान र तीन जना थुनुवामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
थुनुवा र प्रहरी गरि १० जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा ४ जनामा सोमबार कोभिड १९ पुष्टि भएको हो । कोरोना सङ्क्रमित थुनुवालाई अन्य थुनुवाबाट छुट्टै सुरक्षित रुपमा आइसोलेट गरी राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
योसँगै चितवन जिल्लाभर सङ्क्रमित हुने प्रहरीको सङ्ख्या १४ पुगेको छ । उनीहरुमध्य दुईजना अस्पतालको आइसोलेसनमा रहेको र अन्य १२ जना होमआइसोलेसनमा रहेको प्रवक्ता थापाले बताए ।








