काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै बुधबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








