काठमाडौं । कोभिड–१९ संक्रमणका कारण फिजिसियन डा. पशुपति रजौरियाको निधन भएको छ । भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा. रजौरियाको आज निधन भएको जनाइएको छ ।
कपिलवस्तुका ३५ वर्षीय डा. रजौरिया काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत थिए । कोभिड संक्रमण भएपछि गएको वैशाख २० गते युनिभर्सल मेडिकल कलेजको एचडीयूकक्षमा भर्ना गरिएका रजौरियालाई चार दिनपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।








