नवलपुर । पूर्वी नवलपरासीमा यस अघि जारी भएको सबै सवारी पास रद्द गरिएको छ ।जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्व शुक्रबार सूचना जारी गर्दै सवारी पास रद्द गरेको हो ।त्यसैगरी पूर्वी नवलपरासीवाट जारी गरिएको पास बिना अन्य जिल्लाबाट पूर्वी नवलपरासी प्रवेश गर्न र पूर्वी नवलपरासीबाट अन्य जिल्ला जान पनि रोक लगाइएको छ ।यस अगाडि अत्यावश्यक कामका लागि जारी गरिएको पास सिकिस्त बिरामी,सुत्कुेरी गराउन आफनो जिल्ला बाहके अन्य जिल्ला जानुपर्ने खण्डमा ,एम्बुलेन्स उपलब्ध नभएमा र परिवारका सदस्यको मृत्यु भई काजकृया बस्नुपर्ने वा मृत्यु संस्कारमा जानुपर्ने खण्डमा काठमाडौँ उपत्यकाको हकमा गृह मन्त्रालय र अन्य प्रमुख जिल्ला अधिकारीको सहमति पश्चात मात्र उक्त पास उपलब्ध गराईने जनाईएको छ ।








