काठमाडौं । काम चलाउ सरकारबाट बाहिरिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले वरियता नमिलेको कारण मन्त्रिपरिषदबाट बाहिरिएको बताएका छन् । शुक्रबार राति मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले वरियता नमिलेकाले बाहिरिएको बताएका हुन् ।
‘आफूभन्दा जुनियर नेतालाई उपप्रधानमन्त्री बनाइएकाले म आफै हटेको हुँ ।’ त्रिपाठीले भने । ओलीले अर्थमन्त्री विष्णु पौडेल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो र एमालेका रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका छन् । अब स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पूर्व कानुनमन्त्री शेरबहादुरले पाएका छन् ।








