काठमाडौं । एक घण्टाको फरकमा शनिबार थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९ं) संक्रमण पुष्टि भएको छ । थपिएका तीन जना नै कपिलवस्तु जिल्लाको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेहरुमा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेको मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । उनीहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गरिएको थियो । यो संगै संक्रमितको संख्या २७६ पुगेको छ ।








