काठमाडौँ । नेपाल एमालेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आह्वान गरेपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजे बैठक बोलाएको हो । बैठक भर्चुअल रुपमा बस्नेछ ।
आइतवार राति अध्यक्ष ओलीले २०७५ जेठ ३ कै संरचनाअनुसार पार्टी सञ्चालन गर्न तयार रहेको तर, त्यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिइनुपर्नेलगायतका ६ बुँदे प्रस्ताव राखेका थिए ।
अध्यक्ष ओलीको उक्त वक्तव्यबारे औपचारिक धारणा सार्वजनिक गर्न बैठक बस्न लागेको नेताह्रले बताएका छन् ।








