काठमाडों । आज प्रदेश-१, २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी, पूर्वी र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले प्रदेश-१, २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
आज निरन्तर लामो समय पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने देखिएको छैन । तर प्रि–मनसुनको समय भएकाले केही ठाउँमा केहीबेर ठूलो पानी र धेरै ठाउँमा सामान्य पानी पर्ने सम्भावना भने रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पनि गर्मी कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो भैरहवाको तापक्रम झण्डै ४० डिग्री सेल्सियसमा पुग्यो भने नेपालगञ्ज, धनगढी, जनकपुरलगायतका ठाउँमा पनि तापक्रम ३८ डिग्री भन्दा उकालो लागेको थियो । आज पनि तापक्रम हिजोको जस्तै रहेर गर्मी कायमै रहने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
आज काठमाण्डौ उपत्यकाको तापक्रम अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको उहाँले बताउनुभयो । हिजो काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव पाँच डिग्री सेल्सियस रहेको थियो ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ जेठ २५ गते (मंगलबार)
दिउँसो: प्रदेश १,२ बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती: पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को
सम्भावना रहेको छ।
२०७८ जेठ २६ गते (बुधबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ जेठ २६ गते (बिहीबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।








