काठमाडौं। आइतबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २९१ पुगेको छ । संक्रमित सबै रौतहटका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहट राजपुर नगरपालिका परहदवा–९ निवासी १८,३२,३६, ३९,३९,४२,४८ वर्षसम्मका सात जना पुरुष र रौतहट इशनाथ नगरपालिका–३ र ५ निवासी २८, ३० र ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।








