नवलपुर । पुर्वपश्चीम राजमार्ग अन्तरगत नवलपुरको गैडाकोटमा एम्बुलेन्स दुर्घटना भएको छ । नवलपुरकोे कावासोतीबाट भरतपुर स्थित भरतपुर अस्पतालमा विरामी पुर्याएर फर्किर्ने क्रममा लु १ च ४१४० नम्बरको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार मोटर साइकलले बाटो पार गर्ने क्रममा स्कुटर जोगाउन खोज्दा अनियन्त्रीत भई सडक भन्दा केहि पर पुगेको जानकारी गराएका छन । विरामी पुर्याएर फर्किर्ने क्रममा दुर्घटना भएको हुदा एम्बुलेन्समा चालक बाहेक अरु नरहेको र चालक सामान्य घाइते भइ उपचारको लागि पठाइएको प्रहरीले जानकारी गराएको छ ।








